२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीनको  व्यवस्थापन हुन्छ – भूमिमन्त्री शशी श्रेष्ठ



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै उहाँले अहिलेसम्म मन्त्रालयमा औपचारीक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना वनाउने काम भइरहेको छ ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा  उहाँले सुकु्म्बासी समस्या समाधानका लागि संबिधान अनुरुप गरिने जानकारीदिनुभयो । उहाँले भन्नुभयो “जनताले संबिधान प्रदत्त अधिकार प्रयोग गर्न पाउनु पर्छ ।” लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उहाँले भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ । उहाँले भन्नुभयो “भूमिहीन जनताले संबिधानले दिएको अधिकार उपभोग गर्न पाउँछन् ।” अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिदैं जनताका पक्षमा कामगर्ने उहाँको भनाइ थियो  ।