२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध ग्रामीण सडक सुचारु गर्न प्रयास जारी



अ+ अ-

डडेल्धुरा । वर्षाका कारण अवरुद्ध सडक सुचारु गर्न जिल्लाका स्थानीय पालिकाले प्रयास जारी राखेका छन् । गन्यापधुरा, अजयमेरू, नवदुर्गा,  भागेश्वर, आलिताल गाउँपालिका सहित अमरगढी  र परशुराम नगरपालिकाका ग्रामीण सडक अवरुद्ध छन् । अवरुद्ध सडक केही  सुचारु पनि भएका ती पालिकाले जनाएका छन् । 

रुवाखोला–रेल, धन्ढुङ्गा– बडाल, जनगलस्पा– कैलपालमाडौँ र कोराल–मोइरेल सडकमा एकै साथ चार डोजर प्रयोग गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिनुभयो ।
 
अजयमेरू गाउँपालिकाले उग्रतारा–मेलौली, भल्कुडा– चिपुर , ढिमौला–भद्रपुर  र बगरकोट–सेरागाँड–देवल सडक सुचारु गर्न काम सुरुआत गरिसकिएको जनाएको छ । गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले वर्षाका कारण अवरुद्ध ग्रामीण सडक खुलाउन उच्च प्राथमिकता दिएको बताउनुभयो । नवदुर्गा, भागेश्वर र आलितालले गाउँपालिकाले अवरुद्ध सडक सुचारु गरिरहेको जनाएका छन् ।

 जिल्ला सदरमुकामस्थित अमरगढी नगरपालिकाले पोखरा– तिलाडी , डकले– सल्लघारी , घटाल– चिरकिट्टे सडकलगायत अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन तथा  राहत वितरणमा पालिकालाई आग्रह गरिएको बताउनुभयो ।