२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशसँग छलफल सकिएलगत्तै आपसी छलफलमा जुट्दै १३ न्यायाधीश



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र १३ जना न्यायाधीशबीच आज (मंगलबार) छलफल भएको छ । 

निकास खोज्‍न भन्‍दै १३ न्यायाधीश प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए ।

प्रधानन्यायाधीश राणासँगको छलफल सकिएलगत्तै १३ न्यायाधीश फेरि छलफलमा जुटेका छन् । 

प्रधानन्यायाधीश राणासँगको भेटघाटमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेको बताइएको छ ।

यसैबीच काठमाडौंबाहिर रहेका दुई न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानले पनि आफूहरूको सहमति भएको इमेल पठाएका छन् । 

प्रधानन्यायाधीशबाहेकका काठमाडौंमा रहेका १३ जना न्यायाधीशले सोमबार नै इजलास र फूलकोर्ट बहिष्कार गरिसकेका छन् ।