२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रश्न म माथिमात्रै होइन, अरु न्यायाधीशहरु माथि पनि छन् सामूहिक राजीनामा दिने हो भने छलफल गरौँ : प्रधानन्यायाधीश राणा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने स्पष्ट पार्नु भएको छ । प्रधानन्यायाधीश राणाको राजीनमा माग्दै दुई दिनदेखि बेञ्च बहिष्कार गरेका न्यायाधीशहसँगको सम्बाद उहाँले  “प्रश्न म माथिमात्रै होइन, अरु न्यायाधीशहरु र फैसलामाथि पनि उठेका छन्, सामूहिक राजीनामा दिने हो भने छलफल गरौँ ।” भन्दै कुरा राखेपछि अन्य न्यायाधीश झस्किएको स्रोतले जानकारी दियो ।  

प्रधानन्यायाधीश राणाले  आफू संवैधानिकरुपमा नियुक्त भएको हुँदा संवैधानिक बाटोबाट मात्रै बाहिरिने स्पष्ट पार्दै न्यायपालिका कमजोर पार्ने खेलमा नलाग्न सुझाब दिनु भएको थियो ।

छलफलमा सहभागी एक न्यायाधीशले प्रधानन्यायाधीश राणाको भनाई उल्लेख गर्दै न्युजपोलारसंग भन्नुभयो, “सडकबाट प्रश्न उठ्दैमा राजीनामा हुँदैन, त्यसरी राजीनामा दिने हो भने न्यायालय थप कमजोर हुन्छ,”  राणाले भन्नुभयो, “प्रश्न म माथिमात्रै होइन, अरु न्यायाधीशहरु र फैसलामाथि पनि उठेका छन्, सामूहिक राजीनामा दिने हो भने छलफल गरौँ ।”

 प्रधानन्यायाधीश राणासँग छलफल सकेर १३ न्यायाधीश फेरि छलफलमा जुटेका छन् ।