१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘परमादेश त पाँच जनाले गर्नुभएको थियो एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ?’



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

पार्टीको पालिकास्तरको अधिवेशनको उद्घाटन गर्दै ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् । 

उनले भने,  ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?’

यस्तै अध्यक्ष ओलीले अगाडी भने, ‘न्यायालयभित्र राजीनामा गर्नुस् होइन भने महाअभियोग भन्ने कोही र कसैले ल आइज भनेर पाखुरा सुर्किने स्थिती देखा परेको छ । यो सबै ब्यहोर्दा पनि हामीले लोकतन्त्रको रक्षाका लागि आफूलाई जिम्मेवार भूमिकामा प्रस्तुत गर्यौँ ।’

यो पनिः देशभरका ७५३ पालिकामा एमाले अधिवेशन सुरू, ओलीले भर्चुअल सम्बोधन गर्दै