२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

ईलाम । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

कमलले आफ्नै घरभित्र घर परिवारका सदस्यराखी धामी बसी विगतदेखि बेलाबखत बहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको बिभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।