१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

ईलाम । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

कमलले आफ्नै घरभित्र घर परिवारका सदस्यराखी धामी बसी विगतदेखि बेलाबखत बहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको बिभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।