१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोल्डेन नेपाल सप्लायर्स टोखालाई कारबाही



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गोल्डेन नेपाल सप्लायर्स टोखा–५ लाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगनका क्रममा मिति गुज्रिएको खाद्य वस्तु (लेज, कुर्कुरे)लाई रिलेभलिङ गरेर पुनः बजार पठाउन तयारी अवस्थामा राखिएको खेला पारेको थियो ।  

जिप्रका सूचना अधिकारी उमाकान्त अधिकारीले रिलेभलिङ गरेर बजार पठाउन लागिएको झण्डै १४ लाख बराबरको सामग्रीलाई जफत गरि सिल गरिएको जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा उक्त कार्यमा सङ्लग्न व्यवसायीलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा १६ को २ बमोजिम तत्काल रु तीन लाख जरिवानाका लागि कारबाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । पुरानो वस्तुलाई नयाँ हो भनी देखाई वा झुक्याइ बिक्री गरेको पाइएकोले सोही ऐनको दफा ३९ को ख को प्रावधान बमोजिम कारबाही हुने व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । (रासस)