१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशसँग असन्तुष्ट १५ न्यायाधीशको बैठक निष्कर्षबिनै सकियो



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीशबाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरुको आजको वैठक बिनानिष्कर्ष टुंगिएको छ ।

भोली फेरि बैठक बस्ने गरी निर्णय लिएर उनीहरूले आजको बैठक सकाएका हुन् । 

आजै प्रधानन्यायधीससँग असन्तुष्ट न्यायाधीशहरूको समूहले भेट गरेको थियो । भेटमा उनीहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । 

यता, प्रधानन्याधीशले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको बताएका थिए । 

सो भेटघाटपछि १५ जना न्यायाधीशहरु फेरि छुट्टै छलफलमा जुटेका थिए ।