१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’ पुस्तक मा नेपालको सार्वभौमिकतामाथिको प्रहार



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक (डिआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताउनुभएको छ । 

मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पत्रकार सम्मेलनमा खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताउनुभएको हो । उहाँले रञ्जित रेको पुस्तकमा नेपाललाई भुटान बनाउने उद्धृत गरिएको भन्दै यसको शान्तिपूर्ण बिरोध गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाडौं दुविधामा छ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दा समेत सरकार मौन रहेको भन्दै खेद प्रकट गर्नुभयो ।

उहाँले यसको सबै दोष राजनीतिक दलका नेतृत्व वर्गलाई जाने भन्दै नेताहरु नै भारतसँग लम्पसारवादमा गएको आरोप लगाउनुभयो । पूर्व डिआईजी खरेलले कितावमा मात्रै नभएर भारतले देशका विभिन्न सीमामा पनि नेपालको राष्ट्रियतामाथि प्रहार गरेको बताउँदै पुस्तकमा नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधीको द्वेध चरित्र यथार्थ भएको टिप्पणी गर्नुभयो । पूर्व डिआईजी खरेलले भन्नुभयो, ‘काठमाडौं दुविधामा छ, भन्ने यो पुस्तकको शीर्षक हो, यसको सबै दोष हाम्रा राजनीतिक लिडरहरुलाई जान्छ, हामी मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बिस्तार गर्न चाहन्छौँ तर हाम्रा शासकहरु दुविधामा भए, लम्पसारवादमा विश्वास गरे, व्यक्तिगत स्वार्थका लागि नेपाल–भारतको नाता व्याख्या गर्न थाले, जसकारण भारतले हामीलाई हेप्यो, कितावमा मात्र होइन, हाम्रो राष्ट्रियतामाथि भारतले प्रहार गरेको छ, हाम्रो निकम्मापनका कारण हामी हेपिएका छौँ, नेपाल सरकार यो किताव सार्वजनिक भएको १५ दिन हुँदा समेत मौन छ, हामीले शान्तिपूर्वक यसको बिरोध गर्नुपर्छ, पुस्तकमा लेखिएका नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधीको द्वेध चरित्र भने यथार्थ हो ।’

कार्यक्रममा नेपाली सेनाका पूर्व सहायक रथी डा। प्रेमसिंह बस्नेतले नेपाललाई भूटान बनाउनुपर्छ भन्ने कुरा पुस्तकमा लेखिएको भन्दै नेपालीहरुले पुस्तक जलाउनुपर्ने बताउनुभयो । उहाँले नेपालका लागि यो भन्दा ठूलो अपमान अरु नहुने भन्दै उहाँले नेपालीहरु अब बीर गोर्खाली भएर जाग्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले नेपाललाई भूटान बनाएर भारतको अधिनमा राख्ने कुरा रञ्जित रे र भारतीयहरुको दिवा सपना भएको उल्लेख गर्दै उहाँले सरकारमा सहभागी र नेपालको मुलधारमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कितावको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु नेपालको अपमान भएको बताउनुभयो ।

सहायक रथी बस्नेतले भन्नुभयो, ‘नेपाललाई भूटान बनाउने कुरा लेखिएको छ, यो पुस्तक पठन योग्य छैन, सबै नेपालीहरुले जलाउनुपर्छ, जसले भूटान बनाएर आफ्नो अधिनमा राख्न खोज्छ भने यो भन्दा ठूलो अपमान नेपालका लागि अरु केही हुँदैन, यो सम्भव छैन, नेपाललाई भूटान बनाएर आफ्नो अधिनमा राख्न खोज्नु भारतको दिवा सपना हो, प्रचण्डको अध्यक्षतामा यो किताव लञ्च गरेर ताली बजाउनेहरु धिक्कार छ ।’

पूर्व सहायक रथी बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक एमसीसी पास हुन्छ भनेपनि यो सर्वजनिक विषय भएको भन्दै यसरी राष्ट्रघात गरेर बोल्नेहरुलाई राजद्रोहीको मुद्दा लगाउनुपर्ने बताउनुभयो । उहाँले देशमा न्याय मर्न नदिन अब फेरि मन र मुटुमा बीर गोर्खाली बन्नुपर्ने बेला भएको बताउनुभयो ।