३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस चितवनको सभापतिमा खनाल विजयी



अ+ अ-

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी हुनुभएको छ । शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उहाँ स्वतः विजयी हुनुभएको हो ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो । पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्नुभएका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेपछि उहाँ विजयी हुनुभएको हो ।

पहिलो चरणमा खनालले सर्वाधिक ७४६ मत प्राप्त गर्नुभएको थियो । यस्तै श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र प्रा डा सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गर्नुभएको थियो भने १०१ मत बदर भएको थियो । अन्य पदको मतगणना हुन बाँकी रहेको छ ।