२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

जायन अली सलमान: चार वर्षकै उमेरमा फुटबल खेल्न आर्सनल क्लबको प्री–अक्याडमीमा भर्ना



अ+ अ-

एजेन्सी । यूकेको एउटा चर्चित फुटबल क्लबको ध्यान एक चारवर्षे बालकमाथि परेको छ । आर्सनल प्री–अक्याडमीमा भर्ना हुन पाउने यी बालक अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी हुन् ।

उनको सीप र क्षमता उनको भन्दा दुईगुना उमेर भएका खेलाडीको जस्तो छ। उनी जायन अली सलमान हुन् । उनी चार वर्षका भए । उनलाई मनपर्ने टिम आर्सनल हो । जायन अलीका प्रशिक्षकले उनमा विशेष क्षमता देखे ।

फस्र्ट टच फुटबल अक्याडमीका प्रशिक्षक अस्टिन शेफील्ड भन्छन्, ‘हामी उनलाई उनकै उमेर समूहका ४,५,६ वर्षकासँग राख्छौं । अनि अहिले नै उनी अरुभन्दा अब्बल देखिइसकेका छन् । अरुभन्दा धेरै तीब्र र बल खोस्न जान अरुभन्दा बढी तत्पर छन् । त्यसैले हामी उनलाई अघि बढायौं । मैले उनका बुबासँग कुरा गरेँ । उनी जायन अलीलाई जेठा खेलाडीहरुसँग खेलाउन इच्छुक देखिए । अनि मलाई लाग्यो लौ हेरौं न त ।’

उनको क्षमताले आर्सनल क्लबका प्रतिभा खोजकर्ताको ध्यानाकर्षण गर्यो । आर्सनलका ट्यालन्ट स्काउट स्टीभन डीन्स भन्छन्, 'यी बालक जे गरिरहेका छन् त्यो उनले गर्नुपर्ने कुरा होइन । उनी जसरी बल प्रहार गर्छन्, उनको उमेरका मानिसहरुका लागि कठिन हुन्छ । मैले मेरा साथीहरुलाई बोलाएँ अनि उनले भने, हेर उनी ४ वर्षका भए । मैले भनेँ, हुनै सक्दैन । उनी शिशुकक्षमा जानु हुँदैन । म उनका आमाबाबुसँग कुरा गर्छु । अनि हामी अहिले त्यहाँबाट यहाँ छौं । हाम्रा केही अभ्यास सत्रमा उनलाई ल्यायौं पनि । अनि उनी जुन बेला पनि उस्तै प्रतिभा देखाउँछन् । त्यसैले त्यो एक पटकको झलक मात्र होइन । उनी निरन्तर राम्रो गरिरहेका छन् ।' 

बुबाका अनुसार जायन अली पहिलादेखि नै विशेष थिए । बुबा अली सलमान भन्छन्, 'उनी जन्मेकै बेला मलाई त्यस्तो लागेको थियो । नर्सले उनलाई घोप्टो पारेर सुताएको बेला नै उनले टाउको उठाए । यताउता हेरेको म सम्झन्छु । उनी पनि छक्क परेकी थिइन् । निकै सानो बेलादेखि नै उनी धेरै बलियो थिए भनेर भन्न सक्नुहुन्छ । अनि अँ त्यसले उनको पालनपोषणका एक किसिम तरिका निर्धारण गर्यो । तपाई देख्न सक्नुहुन्छ । उनी अरु सबै बच्चाभन्दा भिन्न थिए । अनि मलाई के लाग्छ भने सबैभन्दा भिन्न चाहिँ उनको सन्तुलन हो । सानै बेलादेखि उनको सन्तुलन अविश्वसनीय थियो ।'


 
बीबीसीकी संवाददाता हुमा शाह भन्छिन्, तपाई अग्ला र ठूला मान्छेसँग पनि खेल्नुहुन्छ ? 
जायन – सात, नौ र आठ । 
शाह– कस्तो महसुस हुन्छ किनभने तपाई चार वर्षमात्र हुनुभयो ?
जायन– एकदमै नराम्रो लाग्छ किनभने अली गाह्रो हुन्छ । 

उनी पाँच वर्ष मात्र लागेका छन् । यद्यपि अरु ठूला क्लबले पनि उनलाई बोलाउन थालिसकेका छन् । बीबीसीको भिडियो सामग्रीको सहयोगमा