१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जायन अली सलमान: चार वर्षकै उमेरमा फुटबल खेल्न आर्सनल क्लबको प्री–अक्याडमीमा भर्ना



अ+ अ-

एजेन्सी । यूकेको एउटा चर्चित फुटबल क्लबको ध्यान एक चारवर्षे बालकमाथि परेको छ । आर्सनल प्री–अक्याडमीमा भर्ना हुन पाउने यी बालक अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी हुन् ।

उनको सीप र क्षमता उनको भन्दा दुईगुना उमेर भएका खेलाडीको जस्तो छ। उनी जायन अली सलमान हुन् । उनी चार वर्षका भए । उनलाई मनपर्ने टिम आर्सनल हो । जायन अलीका प्रशिक्षकले उनमा विशेष क्षमता देखे ।

फस्र्ट टच फुटबल अक्याडमीका प्रशिक्षक अस्टिन शेफील्ड भन्छन्, ‘हामी उनलाई उनकै उमेर समूहका ४,५,६ वर्षकासँग राख्छौं । अनि अहिले नै उनी अरुभन्दा अब्बल देखिइसकेका छन् । अरुभन्दा धेरै तीब्र र बल खोस्न जान अरुभन्दा बढी तत्पर छन् । त्यसैले हामी उनलाई अघि बढायौं । मैले उनका बुबासँग कुरा गरेँ । उनी जायन अलीलाई जेठा खेलाडीहरुसँग खेलाउन इच्छुक देखिए । अनि मलाई लाग्यो लौ हेरौं न त ।’

उनको क्षमताले आर्सनल क्लबका प्रतिभा खोजकर्ताको ध्यानाकर्षण गर्यो । आर्सनलका ट्यालन्ट स्काउट स्टीभन डीन्स भन्छन्, 'यी बालक जे गरिरहेका छन् त्यो उनले गर्नुपर्ने कुरा होइन । उनी जसरी बल प्रहार गर्छन्, उनको उमेरका मानिसहरुका लागि कठिन हुन्छ । मैले मेरा साथीहरुलाई बोलाएँ अनि उनले भने, हेर उनी ४ वर्षका भए । मैले भनेँ, हुनै सक्दैन । उनी शिशुकक्षमा जानु हुँदैन । म उनका आमाबाबुसँग कुरा गर्छु । अनि हामी अहिले त्यहाँबाट यहाँ छौं । हाम्रा केही अभ्यास सत्रमा उनलाई ल्यायौं पनि । अनि उनी जुन बेला पनि उस्तै प्रतिभा देखाउँछन् । त्यसैले त्यो एक पटकको झलक मात्र होइन । उनी निरन्तर राम्रो गरिरहेका छन् ।' 

बुबाका अनुसार जायन अली पहिलादेखि नै विशेष थिए । बुबा अली सलमान भन्छन्, 'उनी जन्मेकै बेला मलाई त्यस्तो लागेको थियो । नर्सले उनलाई घोप्टो पारेर सुताएको बेला नै उनले टाउको उठाए । यताउता हेरेको म सम्झन्छु । उनी पनि छक्क परेकी थिइन् । निकै सानो बेलादेखि नै उनी धेरै बलियो थिए भनेर भन्न सक्नुहुन्छ । अनि अँ त्यसले उनको पालनपोषणका एक किसिम तरिका निर्धारण गर्यो । तपाई देख्न सक्नुहुन्छ । उनी अरु सबै बच्चाभन्दा भिन्न थिए । अनि मलाई के लाग्छ भने सबैभन्दा भिन्न चाहिँ उनको सन्तुलन हो । सानै बेलादेखि उनको सन्तुलन अविश्वसनीय थियो ।'


 
बीबीसीकी संवाददाता हुमा शाह भन्छिन्, तपाई अग्ला र ठूला मान्छेसँग पनि खेल्नुहुन्छ ? 
जायन – सात, नौ र आठ । 
शाह– कस्तो महसुस हुन्छ किनभने तपाई चार वर्षमात्र हुनुभयो ?
जायन– एकदमै नराम्रो लाग्छ किनभने अली गाह्रो हुन्छ । 

उनी पाँच वर्ष मात्र लागेका छन् । यद्यपि अरु ठूला क्लबले पनि उनलाई बोलाउन थालिसकेका छन् । बीबीसीको भिडियो सामग्रीको सहयोगमा