२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय यातायातलाई सरकारले बढावा दिने



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनुभएको छ । मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनुभएको हो । उहाँले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताउनुभयो ।

मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पार्नु भयो । विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उहाँले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकका सरकारी कार्यालयहरुमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताउनुभयो ।

उर्जामन्त्री भुसालले भन्नुभयो, ‘मलाई खुशी लागेको छ, अब नेपालमा इलेक्ट्रिसिटीबाट चल्ने अटो रिक्साको लञ्च भएको छ, आजसम्म आइपुग्दा नेपालीहरुलाई चाहिने पर्याप्त जलविद्युतको उत्पादन गरिसकेका छौँ, त्यस अर्थमा पनि यस प्रकारको अटो रिक्सा लगायतका विद्युतीय सवारीसाधन सबै प्रकारका नेपालमा सञ्चालन हुँदा हाम्रो आफ्नो देशको हाइड्रो इलेक्ट्रिसिटी भेकलका रुपमा प्रयोग हुँदा देशको अर्थतन्त्रमा योगदान हुन्छ, असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउँछ,यसले रोजगार बढ्छ, यायायातबाट आफ्नो शक्ति प्रयोगको हिसावले पेट्रोलियम पदार्थलाई न्यूनिकरण गर्दै जलविद्युतको प्रयोग गरेर अघि बढ्दा अर्थतन्त्रको विकास हुन्छ, सरकारले विद्युतीय सवारीसाधनलाई बढावा दिने नीति ल्याएको छ, अब सरकारी कार्यालयका साधनहरु विद्युतिय खरिद गर्ने नीति सरकारले लिएको छ,सार्वजनिक यातायातका ठूला साधन बढाउने निर्णय गरेको छ ।’

मन्त्री भुसालले सरकार विद्युतीय सवारीसाधनलाई स्थापित गर्न सहुलितयका लागि तयार रहेको बताउनुभयो । उहाँले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने र डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल लागू हुने बताउनुभयो ।