१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय यातायातलाई सरकारले बढावा दिने



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनुभएको छ । मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनुभएको हो । उहाँले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताउनुभयो ।

मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पार्नु भयो । विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उहाँले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकका सरकारी कार्यालयहरुमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताउनुभयो ।

उर्जामन्त्री भुसालले भन्नुभयो, ‘मलाई खुशी लागेको छ, अब नेपालमा इलेक्ट्रिसिटीबाट चल्ने अटो रिक्साको लञ्च भएको छ, आजसम्म आइपुग्दा नेपालीहरुलाई चाहिने पर्याप्त जलविद्युतको उत्पादन गरिसकेका छौँ, त्यस अर्थमा पनि यस प्रकारको अटो रिक्सा लगायतका विद्युतीय सवारीसाधन सबै प्रकारका नेपालमा सञ्चालन हुँदा हाम्रो आफ्नो देशको हाइड्रो इलेक्ट्रिसिटी भेकलका रुपमा प्रयोग हुँदा देशको अर्थतन्त्रमा योगदान हुन्छ, असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउँछ,यसले रोजगार बढ्छ, यायायातबाट आफ्नो शक्ति प्रयोगको हिसावले पेट्रोलियम पदार्थलाई न्यूनिकरण गर्दै जलविद्युतको प्रयोग गरेर अघि बढ्दा अर्थतन्त्रको विकास हुन्छ, सरकारले विद्युतीय सवारीसाधनलाई बढावा दिने नीति ल्याएको छ, अब सरकारी कार्यालयका साधनहरु विद्युतिय खरिद गर्ने नीति सरकारले लिएको छ,सार्वजनिक यातायातका ठूला साधन बढाउने निर्णय गरेको छ ।’

मन्त्री भुसालले सरकार विद्युतीय सवारीसाधनलाई स्थापित गर्न सहुलितयका लागि तयार रहेको बताउनुभयो । उहाँले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने र डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल लागू हुने बताउनुभयो ।