१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १४४ रनको विजयी लक्ष्य



अ+ अ-

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत अहिले दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुँदैछ । 

दुबई इन्टरनेशनल स्टेडियममा जारी खेलमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई १४४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर ब्याटिङ थालेको वेष्ट इन्डिजले २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन बनायो । 

ओपनर लेन्डी सिमोन्सले ३५ बलमा १६ रन जोड्दा एभिन लेविसले ३५ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

लेविसले ३ चौका र ६ छक्का प्रहार गरे । यस्तै निकोलास पुरन ७ बलमा १२ रन जोड्दै पेभिलियन फर्किए भने क्रिस गेलले १२ बलमा १२ रन जोड्दै आउट भए । 

यस्तै कायरन पोलार्डले २० बलमा २६ रनको योगदानी दिए भने एन्ड्री रसेलले ४ बलमा ५ रन बनाउँदै पेभिलियन फर्किए । सिमरन हेटमेयरले २ बलमा १ रनमात्र जोड्दै रनआउट हुन पुगे । ड्वेन ब्राभोले ८ रन बनाई आउट हुँदा हेडन वाल्सले खाता समेत खोल्न सकेनन् । 

अफ्रिकाका केशभ महराज र ड्वेन प्रेटोरियसले २ विकेट लिँदा कागिसो रवाडा र एन्रिख नोर्खियाले १ /१ विकेट लिए ।