२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १४४ रनको विजयी लक्ष्य



अ+ अ-

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत अहिले दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुँदैछ । 

दुबई इन्टरनेशनल स्टेडियममा जारी खेलमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई १४४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर ब्याटिङ थालेको वेष्ट इन्डिजले २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन बनायो । 

ओपनर लेन्डी सिमोन्सले ३५ बलमा १६ रन जोड्दा एभिन लेविसले ३५ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

लेविसले ३ चौका र ६ छक्का प्रहार गरे । यस्तै निकोलास पुरन ७ बलमा १२ रन जोड्दै पेभिलियन फर्किए भने क्रिस गेलले १२ बलमा १२ रन जोड्दै आउट भए । 

यस्तै कायरन पोलार्डले २० बलमा २६ रनको योगदानी दिए भने एन्ड्री रसेलले ४ बलमा ५ रन बनाउँदै पेभिलियन फर्किए । सिमरन हेटमेयरले २ बलमा १ रनमात्र जोड्दै रनआउट हुन पुगे । ड्वेन ब्राभोले ८ रन बनाई आउट हुँदा हेडन वाल्सले खाता समेत खोल्न सकेनन् । 

अफ्रिकाका केशभ महराज र ड्वेन प्रेटोरियसले २ विकेट लिँदा कागिसो रवाडा र एन्रिख नोर्खियाले १ /१ विकेट लिए ।