१५ असार २०८३, सोमबार
,
Latest
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप गर्दैनः वरिष्ठ नेता पौडेल



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको छ । 

मंगलबार सिंहदरवारमा भएको काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको हो । उहाँले न्यायालयमा असहज परिस्थिती बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा प्रतिक्रिया दिन नमिल्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिती बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन ।’

वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीशको बारेमा पार्टीलाई चिन्ता रहेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् गठन गर्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले प्रधानन्यायाधीश राणाको बारेमा चर्को बहस चलिरहेको छ । सर्वोच्च अदालतका न्यायधीशहरुले समेत प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गरिरहेका छन ।