१५ असार २०८३, सोमबार
,
Latest
ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमेयर महिला फुटबलः भक्तपुर नगरपालिकाको सान्त्वना जित



अ+ अ-

काठमाडौं । राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाले सान्त्वना जित निकालेको छ । 

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मेदानमा सम्पन्न खेलमा भत्तपुरले पुतलीबजार नगरपालिकामाथि ८–१ फराकिलो जित निकाल्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक गोल गरिन । यस्तै मनिषा बास्कोटा र शिम्रन बस्नेतले दुई÷दुई गोल गरे । अजिता घर्तिमगरले एक आफ्नो नाममा लेखाइन । पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फकाईन ।

यस जितसँगै समूह सी को भक्तपुरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यस समूहबाट बाँसगढी नकआउट चरणमा पुगिसकेको छ । ३१ टोलीले प्रतिस्पर्धा गरिहेको प्रतियोगितामा सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन ।

प्रतियोगितामा भोली तीन खेल हुनेछन् । पहिलो खेल  गैडाकोट र हेटौंडा एसएमसी, दोस्रो खेल गोदावरी र पोखरा तथा अन्तिम खेल धनकुटा र धनगढीबीच हुनेछ ।