२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्ना सेवा सुविधा निश्चित गर्नका लागि एनएनआईपिएले खेलकुद मन्त्रीलाई बुझायो ज्ञापन पत्र



अ+ अ-

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहजराजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले आज आफ्ना सेवा सुविधा निश्चित गर्नका लागि ज्ञापन पत्र बुझाएका छन् । 

एनएनआईपिए अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आज युवा  तथा खेलकुद मन्त्रालयको कार्यालयमा पुगरे मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । एनएनआईपिएले राष्ट्रका लागि खेल खेलेका ओलम्पियन, तथा पदाधिकारीलाई सरकारले दिँदै आएको सेवा सुविधालाई निरन्तरता दिँन ज्ञापनपत्रबाट ध्यानाकर्षण गरेका हुन । ज्ञापन पत्र बुझाउने क्रममा ओलम्प्यिन दीपक विष्टले सम्मानित तरिकाले दिँदै आएको सेवालाई निरन्तरा दिन आग्रह गरे । उनले मन्त्री र सदस्य सचिव फेरिएपनि खेलाडी र ओलम्पियनका लागि बनेको फाइल अन्तिम चरणमा पुगेको भन्दै सम्मन्वय गरिदिन ओलम्पियन दीपक विष्टले मन्त्रीलाई आग्रह गरे ।

संघले बुझाएको ज्ञापनपत्रमा विभिन्न ८ बुँदागत मागहरु समेटिएको छ । ज्ञापनपत्रमा नवौं वृहत राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नु पर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण सुरु गर्नु पर्ने, खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा  लगाएतका विभिन्न माग राखिएको छ । ज्ञापन पत्र बुझेपछि युवा तथा खेलकुद मन्त्री गहतराजले खेलमा जिवन विताएकालाई प्रदान गर्दै आएको सेवा सुविधालाई निरन्तरता दिने आश्वासन दिए ।

यस्तै मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषदमा रिक्त सदस्य सचिवको प्रक्रिया छिट्टै अगाडि बढाउने बताए । संघले १३ औं सागमा स्वर्ण विजेता खेलाडीले आकर्षक पुरस्कार पाएपनि रजत र कांश्य पदक जित्नेको कुनै सम्बोधन नभएको भन्दै विषयमा मन्त्रीले सकारात्मक प्रक्रिया दिए ।