१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्ना सेवा सुविधा निश्चित गर्नका लागि एनएनआईपिएले खेलकुद मन्त्रीलाई बुझायो ज्ञापन पत्र



अ+ अ-

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहजराजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले आज आफ्ना सेवा सुविधा निश्चित गर्नका लागि ज्ञापन पत्र बुझाएका छन् । 

एनएनआईपिए अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आज युवा  तथा खेलकुद मन्त्रालयको कार्यालयमा पुगरे मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । एनएनआईपिएले राष्ट्रका लागि खेल खेलेका ओलम्पियन, तथा पदाधिकारीलाई सरकारले दिँदै आएको सेवा सुविधालाई निरन्तरता दिँन ज्ञापनपत्रबाट ध्यानाकर्षण गरेका हुन । ज्ञापन पत्र बुझाउने क्रममा ओलम्प्यिन दीपक विष्टले सम्मानित तरिकाले दिँदै आएको सेवालाई निरन्तरा दिन आग्रह गरे । उनले मन्त्री र सदस्य सचिव फेरिएपनि खेलाडी र ओलम्पियनका लागि बनेको फाइल अन्तिम चरणमा पुगेको भन्दै सम्मन्वय गरिदिन ओलम्पियन दीपक विष्टले मन्त्रीलाई आग्रह गरे ।

संघले बुझाएको ज्ञापनपत्रमा विभिन्न ८ बुँदागत मागहरु समेटिएको छ । ज्ञापनपत्रमा नवौं वृहत राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नु पर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण सुरु गर्नु पर्ने, खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा  लगाएतका विभिन्न माग राखिएको छ । ज्ञापन पत्र बुझेपछि युवा तथा खेलकुद मन्त्री गहतराजले खेलमा जिवन विताएकालाई प्रदान गर्दै आएको सेवा सुविधालाई निरन्तरता दिने आश्वासन दिए ।

यस्तै मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषदमा रिक्त सदस्य सचिवको प्रक्रिया छिट्टै अगाडि बढाउने बताए । संघले १३ औं सागमा स्वर्ण विजेता खेलाडीले आकर्षक पुरस्कार पाएपनि रजत र कांश्य पदक जित्नेको कुनै सम्बोधन नभएको भन्दै विषयमा मन्त्रीले सकारात्मक प्रक्रिया दिए ।