१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई ८ विकेटले हरायो



अ+ अ-

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई पराजित गरेको छ । 

दुबई इन्टरनेशनल स्टेडियममा मंगलबार साँझ भएको खेलमा अफ्रिकाले इन्डिजलाई ८ विकेटले हराएको हो । 

वेष्ट इन्डिजले दिएको १४४ रनको विजयी लक्ष्य पछ्याएको अफ्रिकाले १८.२ ओभरमा २ विकेटको क्षतिमा १० बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो । 

अफ्रिकाका रिजा हेन्ड्रीक्सले ३० बलमा ३९ रनको योगदानी दिए । यस्तै रेसी भान डर डसेनले ५१ बलमा ४३ रन जोडे । यसैगरी एडिन मार्करामले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै अविजित रहे । वेष्ट इन्डिजका अकिल होसेनले एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको वेष्ट इन्डिजले २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन बनायो । वेष्ट इन्डिजका ओपनर लेन्डी सिमोन्सले ३५ बलमा १६ रन जोड्दा एभिन लेविसले ३५ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेले । 

लेविसले ३ चौका र ६ छक्का प्रहार गरे । यस्तै निकोलास पुरन ७ बलमा १२ रन जोड्दै पेभिलियन फर्किए भने क्रिस गेलले १२ बलमा १२ रन जोड्दै आउट भए । 

यस्तै कायरन पोलार्डले २० बलमा २६ रनको योगदानी दिए भने एन्ड्री रसेलले ४ बलमा ५ रन बनाउँदै पेभिलियन फर्किए । सिमरन हेटमेयरले २ बलमा १ रनमात्र जोड्दै रनआउट हुन पुगे । ड्वेन ब्राभोले ८ रन बनाई आउट हुँदा हेडन वाल्सले खाता समेत खोल्न सकेनन् । 

अफ्रिकाका केशभ महराज र ड्वेन प्रेटोरियसले २ विकेट लिँदा कागिसो रवाडा र एन्रिख नोर्खियाले १/१ विकेट लिए ।