३ श्रावण २०८३, आईतवार
,
Latest
औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन फेसबुकको डेस्कटप संस्करणमा समस्या बैंकर्सहरू भन्छन्, ‘सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्छ’ सन्तनेता भट्टराईको उपाधि अमिट छ : सभापति थापा संसदीय भुमिकालाई प्रभावकारी र बौद्धिक बनाउन एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै बालसुधार गृहको अवस्था सुधार गर्न संसदीय समितिको सरकारलाई चारबुँदे निर्देशन बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन विष्णु पौडेल मुद्दामा अनुसन्धानदेखि अदालतको आदेशसम्म समीक्षा गर्न गोविन्द पन्थीको माग तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकबाट होइन, संसदको कारबाहीबाट मात्र बाहिरिन्छु: प्रधानन्यायाधीश राणा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बीबीसी नेपाली सेवालाई एक अन्तरवार्ता दिदै प्रधानन्यायाधीश राणाले आफू संसदको विधि र प्रक्रियाबाट आएकोले संसदको विधि र प्रक्रियाबाट मात्र जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, "न्यायपालिकालाई ध्वस्त पार्ने प्रयास भै रहेको छ, न्यायपालिको शाख जोगाउन र विधिको पक्षमा उभिन पनि राजीनामा दिने कुरै हुँदैन ।" अन्तरवार्ताका क्रममा राणाले भन्नुभयो, अदालत, सडक र केही सञ्चार माध्यमले देखाएको अराजक शैलीले  केही भ्रम परेको भएपनि आफूले विधि र पद्धतिलाई पालना गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, "न्यायपालिका सुधारका लागि मैले नै आयोग बनाएँ, आयोगले  दिएको सुझाव अनुसार नै कार्यान्वयनमा जाँदैछ । यसलाई ईश्यु बनाउनु पर्ने कुनै कारण छैन ।" पूर्व प्रधानन्यायाधीशहरुलाई आफूले सम्मान गर्ने भन्दै उहाँहरुको दृष्टिकोण र धारणा अभिव्यक्ति स्वतन्त्रताको उपज मात्र भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, "उहाँहरु अदालतको संरक्षक र अभिभावक हो, सम्मान गर्छु तर भ्रमपूर्ण कुराको भने खण्डन गर्छु ।"  प्रधानन्यायाधीश राणाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो निवासमा दसैंको शुभकामना दिन मात्र आउनु भएको प्रष्टिकरण दिँदै आफ्नो निवास सबैका लागि खुल्ला भएको दाबी गर्नुभयो ।

भेटले मुद्दामा कुनै प्रभाव नपार्ने भन्दै उहाँले  आफूले जे जति फैसलाहरु गरेको सबै संविधान अनुरुप गरेको दाबी गर्नुभयो । मन्त्रिमण्डलमा भागबन्डा खोजेको कुराको पुरै अस्वीकार गर्दै राणाले अफबाह फैलाउन केही तत्व सक्रिय रहेका आरोप लगाउनु भयो ।  

अन्तरवार्ताका क्रममा उहाँले भन्नुभयो "सर्वाेच्च अदालतका न्यायाधीश, नेपाल बार एसोशिएसन र कानून व्यवसायीहरु संविधान, विधि र पद्धतिभन्दा बाहिर जाने कुरा गैर संवैधानिक हुन्छ, त्यस्तो बाटोमा उहाँहरु जानु हुँदैन होला । "  उहाँले न्यायपालिका कमजोर पार्ने प्रयास अन्तरगत नै आफूमाथि प्रहार भएको भन्दै त्यस्तो कदमलाई हिजो पनि साथ नदिएको  आज पनि नदिने र भोलि पनि साथ नदिने स्पष्ट पार्नुभयो ।