१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महाधिवेशनको रडाको, देउवा र पौडेलबीच बैठकमै चर्काचर्की



अ+ अ-

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबारे छलफल गर्न मंगलबार केन्द्रीय निर्वाचन समितिको आह्वानमा बैठक बस्यो । महाधिवेशनको बाँकी कार्यतालिका तयार गर्ने विषयमा सोमबार समितिको बैठकमा छलफलपछि निर्वाचन समितिले नेताहरुको समय मागेका थिए । साढे ३ बजेदेखि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठक करिब डेढ घण्टासम्म चल्यो । बैठकमा धेरै नेता सहभागी नभए पनि बैठक लामो समयसम्म चल्यो ।

बैठकमा निर्वाचन समितिका पदाधिकारीले नेताहरुका कारण महाधिवेशनको प्रक्रिया अघि बढाउन ढिलाइ भएको गुनासो गरेका थिए । ‘तपाईंहरुले नरोकेको भए जिल्ला तहसम्मको अधिवेशन भइसक्थ्यो । तपाईंहरुकै कारण अधिवेशन रोकियो । लामो समयसम्म यो रहिरहृयो भने यसले राम्रो सन्देश दिँदैन,’ बैठकमा नेताहरुलाई भनेको सुनाउँदै समितिका एक सदस्यले भने ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि आक्रोश प्रस्तुत गरेका थिए । ‘तपाईं जथाभावी बोल्दै हिँड्नुहुन्छ रु मैले कहाँ महाधिवेशन नगरौं भनेको छु रु तपाईं जे पायो त्यही बोल्नुहुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।

प्रतिवाद गर्दै वरिष्ठ नेता पौडेलले भनेका थिए, "महाधिवेशन त समयमै गर्नु पर्‍यो नि १ विधान त मान्नु पर्‍यो नि १ तपाईं त्यस्तै चरित्र देखाउनुहुन्छ ।" यसअघि पनि पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा सभापतिले महाधिवेशन गर्न नचाहेको र चुनावपछि मात्रै महाधिवेशन गर्ने गरी सार्न चाहेको अभिव्यक्ति दिएका थिए ।

देउवा–पौडेलको भनाभन सकिएपछि नेता कृष्णप्रसाद सिटौलाले नेताहरुको झगडा हेरेर निर्वाचन समितिलाई अलमलमा नपर्न भनेका थिए । ‘तपाईंहरु हाम्रो झगडा नहेर्नुस् । आफ्नो काम अघि बढाउनुस् । हामीले भनेको मान्नैपर्छ भन्ने पनि छैन । एउटा विधिअनुसार अघि बढ्नुस्,’ सिटौलाले भनेका थिए ।

‘पहिले उहाँहरुको अलिअलि भनाभन भयो । तर, सभापतिज्यूले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेपछि वरिष्ठ नेताज्यूले पनि सहमति जनाउनुभयो,’ बैठकमा सहभागी एक नेताले भने ।

बैठकपछि वरिष्ठ नेता पौडेलले आफूले महाधिवेशनको तयारी र कार्यतालिकाका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल गरेर टुंगोमा पुग्नुपर्ने भनेको बताए । ‘हामी मंसिरभित्रै महाधिवेशन गर्नुपर्छ भन्नेमा सहमत भयौं । तर, मैले केन्द्रीय समितिको बैठक बोलाउन भनेको छु । महाधिवेशनको तयारीका लागि पनि, र कार्यतालिकालाई अन्तिम रुप दिन पनि केन्द्रीय कार्यसमिति बैठक आवश्यक छ,’ पौडेलले भने ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्रीद्वय प्रकाशशरण महत र सुनिलबहादुर थापालगायत सहभागी थिए ।

बैठकपछि सहमहामन्त्री महतले महाधिवेशनको कार्यतालिका तोकेर प्रक्रिया अघि बढाउन आवश्यक गृहकार्य गर्ने जिम्मा निर्वाचन समितिलाई दिइएको बताए । ‘बैठक अधिवेशनको प्रक्रियालाई अघि बढाउने कुरामा केन्द्रित भयो । सभापतिले स्पष्ट रुपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईंहरुले अधिवेशनको प्रक्रियालाई चाँडोभन्दा चाँडो अघि बढाउनुस् । मंसिरभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्छ । त्यहीअनुसार कार्यतालिकाका लागि गृहकार्य गर्नुस् । प्रक्रिया अघि बढाउनुस् भनेर निर्देशन गर्नुभयो । त्यो विषयमा सबैको साझा सहमति बन्यो,’ महतले भनेका छन् ।

उनकाअनुसार बैठकमा नेताहरुले निर्वाचन समितिलाई अर्को पनि निर्देशन दिए, ‘बाँकी रहेका जिल्लामा छठपछि मात्रै अधिवेशनको प्रक्रिया अघि बढाउनू ।’ त्यसका आधारमा निर्वाचन समितिले फेरि पनि महाधिवेशन गराउनका लागि जम्मा ३५ दिनमात्रै पाएको छ । गएको २२ महिनादेखि प्रयास गर्दा पनि गर्न नसकेको महाधिवेशन अब ३५ दिनमा कसरी सम्भव होला त रु जबकि यसअघि निर्वाचन समितिले नै सात तहको अधिवेशन गराउन ५१ दिनको समय मागेको थियो । समितिले नेताहरुले फेरि पनि छोटो समय दिएर अफ्ठ्यारोमा पारेको गुनासो गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।