१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बी डिभिजन लिगः भगवतीको लगातार दोस्रो जित, बाँसबरी र टुसालको बराबरी



अ+ अ-

काठमाडौं । पहिलो खेलमा सरस्वतीय युथ क्लबसँग ३–१ ले पराजित भएको बाँसबारी युथ क्लब सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शनिबार टुसाल युथ क्लबसँग बराबरीमा रोकिँदा दिनको अर्को खेलमा श्री भगवती क्लबले लगातार दोस्रो जित निकालेको छ । 

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसबारीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा लगातार दोस्रो जित निकालेको श्री भगवतीले ब्वाईज युनियनलाई २–१ गोल अन्तरले हराएको हो ।

बाँसबारी र टुसालबीचको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको सुनौला अवसरमा गोल गर्न चुकेका थिए । जुन नतिजाले दुबै टोली अंक बाँड्न बाध्य भए । यस बराबरीसँगै बाँसबारीले २ खेलमा १ अंक जोडेको छ । टुसालले पनि २ खेलमा १ अंक जोडेको छ । बाँसबारीले पहिलो खेलमा सरस्वतीलाई ३–१ को नतिजा सुम्पिएको थियो ।

बी डिभिजन अन्र्तगत शनिबारै सम्पन्न दिनको पहिलो खेलमा ब्वाईज युनियनले लिएको सुरुआती अग्रता जोगाउन नसक्दा श्री भगतीलाई २–१ को नतिजा सुम्पिन बाध्य भएको हो । खेलको छैटौं मिनेटमा विनोद राईले गोल गर्दै ब्वाइज युनियनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा ब्वाइज युनियनका कप्तान बिष्णु बहादुर सुनारले आत्मघाती गोल गरेपछि खेल पहिलो हाफमा  १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा अमित लामाले गोल गर्दै अग्रता उल्टाउँदा नतिजा भगवतीको पोल्टामा प¥यो । पहिलो खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको थियो । जितसँगै श्री भगवतीले २ खेलमा ६ अंक जोडेको छ । ब्वाइज युनियनले २ खेलमा ३ अंक जोडेको छ । यस अघि  बीरगञ्ज युनाईटेडलाई हराउँदै ब्वाइज युनियनले लिगमा सुरुआत गरेको थियो ।

बी डिभिजन लिग फुटबल अन्तर्गत शनिबारै सम्पन्न बीरगञ्ज युनाईटेड र नयाँबस्ती युथ क्लबबीचको खेल पनि बराबरीमा सकियो । दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । २४ औं मिनेटमा क्रिपकान्त महतो थारुले गोल गर्दै विरगञ्जलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा सुमन योंग्याले गोल गर्दै नयाँबस्तीलाई १–१ गोलको बराबरी ल्याएपछि थप रोमाञ्चक बनेको खेलको ६४ औं मिनेटमा जीवन मगरले गोल गर्दै नयाँबस्तीलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा विरगञ्जका विवेक चौधरीले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो ।  यस बराबरीसँगै विरगंजले २ खेलमा १ अंक जोडेको छ । नयाँबस्तीले २ खेलमा २ अंक जोडेको छ ।

लिगमा आइतबार पनि तीन खेल हुनेछन् । दिनको पहिलो खेल चर्च ब्वाईज युनाईटेड र खुमलटार युथ क्लब, दोस्रो खेल श्री कुमारी क्लब र सामाजिक युथ क्लब तथा तेस्रो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र मध्यपुर युथ एसोसियनबीच प्रतिस्पर्धा हुनेछ । १४ क्लबबीच भएको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिन लिगको आधारमा भइरेको छ । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन ।




भर्खरै