२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ जिल्ला कोरोना मुक्त घोषणा



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका  सङ्क्रमणमुक्त भइसकेका थिए । कोभिड–१९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा दुई हजार ५३१ सङ्क्रमित भएका  थिए ।  तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६  सङ्क्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ सङ्क्रमित भएका थिए । 

कोभिड सङ्क्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ । पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन मार्फत आठ हजारी गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो । रासस