काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पनि पेसी तोक्नु भएको छ । १५ न्यायाधीशहरूले बेञ्च बहिष्कार गर्दै आन्दोलन जारी राखेको तेस्राे दिन प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा संवैधानिक इजलास सहित अन्य न्यायाधीशहरूका लागि पेसी तोक्नु भएको हो ।
राणाले संवैधानिक ईजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठलाई राख्नु भएको छ । प्रधानन्यायाधीश राणाले आफू र अर्का न्यायाधीश टंकबहादुर मोक्तानको एकल ईजलास समेत तोक्नु भएको छ ।