काठमाडौं । कोभ्याक्ससँगको कस्ट-सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको थप १० लाख २० हजार डोज भेरोसेल खोप चीनबाट आज नेपाल आइपुगेको छ । बुधबार बिहान पौने १० बजे त्रिभुवन विमानस्थलमा चाइना साउदर्न विमानको कार्गो फ्लाइट खोप लिएर नेपाल आइपुगेको हो।
सरकारले कोभ्याक्ससँग कस्ट-सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो।
यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।