३ श्रावण २०८३, आईतवार
,
Latest
औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन फेसबुकको डेस्कटप संस्करणमा समस्या बैंकर्सहरू भन्छन्, ‘सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्छ’ सन्तनेता भट्टराईको उपाधि अमिट छ : सभापति थापा संसदीय भुमिकालाई प्रभावकारी र बौद्धिक बनाउन एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै बालसुधार गृहको अवस्था सुधार गर्न संसदीय समितिको सरकारलाई चारबुँदे निर्देशन बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन विष्णु पौडेल मुद्दामा अनुसन्धानदेखि अदालतको आदेशसम्म समीक्षा गर्न गोविन्द पन्थीको माग तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

आबुधाबी डायलगमा मन्त्री श्रेष्ठको सम्बोधनः श्रमिक पठाउने र लिने देशसमक्ष पाँच प्रस्ताव



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा सोमबारदेखि जारी छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्बोधन गर्नुभएको छ । 

१६ वटा देशका श्रममन्त्री तथा उच्च अधिकारीहरु सहभागि आबुधाबी डायलगमा मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निशुल्क खान–बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा निशुल्क पिसिआर परीक्षण, निशुल्क क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरको व्यवस्था र निशुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गर्नुभएको छ ।

आबुधाबी डायलग दक्षिण एसियाका देशबाट श्रमिक पठाउने र श्रमिक लिने खाडीका ६ मुलुक र मलेसियाका श्रममन्त्रीहरू संयुक्त रूपमा सहभागी हुने क्षेत्रीय मञ्च हो । 

आबुधाबी डायलगमा आप्रवासी श्रमिकको हित र सुरक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ । 

१२ गतेसम्म संचालन हुने  डाइलगमा नेपालबाट मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल सहभागि हुनुहुन्छ ।