२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरोशिमा आणविक बमका जीवित साक्षीको ९६ वर्षको उमेरमा निधन



अ+ अ-

टोक्योः जापानको हिरोशिमामा अमेरिकाले गरेको आणविक बमबाट बाँच्न सफल सुनाओ चुबोईको ९६ वर्षको उमेरमा निधन भएको छ । पछिल्ला वर्षहरुमा आणविक निशस्त्रीकरण अभियन्ताको भूमिका निर्वाह गरिरहेका चुबोईले हिरोशिमा भ्रमणमा आएका तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेटेका थिए ।

संयुक्तराज्य अमेरिकाले हिरोशिमामा सन् १९४५ मा पहिलो आणविक प्रहार गर्दा उनी इन्जिनियरिङ स्कुल जाँदै थिए । तर बम आक्रमणबाट सुन्दर शहर हिरोशिमा क्षणभरमै आगोको रापमा परिणत भएको थियो ।

सन् २०१६ मा एएफपीसँग कुरा गर्दै चुबोईले भनेका थिए, “मेरो शरीरको अधिकांश भाग जलेको थियो । नाङ्गै, अगष्ट ६ को त्यस त्रासदीपूर्ण घटना भएको दिन सुरक्षित स्थानको खोजीका लागि म झण्डै तीन घण्टा दौडिएँ, तर त्यसपछि म हिँड्न सकिनँ ।”

त्यतिबेला २० वर्षका चुबोईले एउटा सानो ढुंगा टिपेर भुइँमा “चुबोई यहीँ मर्छ” भनेर लेखेका थिए । त्यसपछि उनी बेहोस भए र त्यसको धेरै हप्तापछि बल्ल उनको होस खुलेको थियो ।

जोखिमपूर्ण त्यस आणविक विकिरण झेलेका उनमा क्यान्सर र अरु रोगहरु देखा परेका थिए, तर त्यसपछि उनी आजीवन आणविक निरस्त्रीकरणका अभियन्ता भइरहे । विश्वबाटै आणविक अस्त्र शून्य बनाउनुपर्छ भन्ने उनले एक अभियानको नेतृत्व गरे ।

उनले भनेका थिए, “मानवमा खुशीका लागि म जस्तोसुकै कठिनाई सहन तयार छु । म भोलि मर्छु नै तर म आशावादी छु । म कहिल्यै हार मान्दिनँ ।”

सन् २०१६ मा अमेरिकी राष्ट्रपति बाराक ओबामा हिरोशिमाको भ्रमणमा जाँदा चुबोई समेत अरु पीडितहरुले पनि भेटघाट गरेका थिए । त्यतिबेला चुबोईले हँसिलो मुद्रामा कुरा गर्दै आणविक शून्य विश्व बनाउने बारेमा ओबामालाई सुनाएका थिए ।

तर यही शनिबार रक्तअल्पताका कारण चुबोईको निधन भएको थियो ।

अमेरिकाले सन् १९४५ मा हिरोशिमा र नागासाकीमा आणविक बम खसालेको थियो जसबाट झण्डै एक लाख २७ हजार ७५५ जना बाँच्न सफल भएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको औसत आयु ८४ वर्ष छ ।

हिरोशिमामा मात्र बम आक्रमणबाट एक लाख ४० हजार मानिसको ज्यान गएको थियो । नागासाकीमा भएको अर्को आक्रमणमा ७४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।