१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ’



अ+ अ-

मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । 

कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ को सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रुपमा रहेकाले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यकपर्ने  सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री खतिवडाले वर्तमान अवस्थामा रहेको ३५० श्ययालाई स्तरोन्नति गर्दै थप ५०० श्यामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रुपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्त्री रोग, क्यान्सर रोग विशेषज्ञ चिकित्सक, प्रगोगशालालाई आवश्यकपर्ने दक्ष जनशक्ति व्यवस्था गर्ने जानकारी दिनुभयो । 
    
सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले अस्पतालमा श्ययाको अभाव सरकारले तत्काल थपको स्वीकृत दिएपछि अन्त्य हुनाका साथै ५० श्ययाको आकस्मिक कक्षसमेत रहने बताउनुभयो । 

उहाँले प्रदेशका अत्यधिक जनताको उपचार केन्द्रका रुपमा रहेको यस अस्पताललाई प्राथमिकतामा राखेका कारण यसको परिसरमा रु पाँच करोडको  लागतमा भवन निर्माणकार्य सुरु भइरहेको जानकारी दिनुभयो । उहाँले सरकारले आगामी चैत मसान्तसम्म सबै नेपालीलाई कोरोना खोप लगाउने लक्ष्य रहेको र त्यो लक्ष्य समयमा पूरा हुने दाबी  गर्नुभयो ।

उहाँले अमेरिकासँग एक करोड र चीनसँग ६० लाख कोरोना खोप ल्याउने सम्झौता भइसकेको जानकारी दिँदै १२ वर्षदेखि १८ वर्षसम्मका लागि खोप लगाउने तयारी भइरहेको बताउनुभयो । मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिनासाथ दुई वर्षदेखि १२ वर्षसम्मकालाई  खोप लगाउने कार्य सुरु गरिने जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले स्वास्थ्य बीमा समितिबाट अस्पतालले रकम पाउन बाँकी रहेकाले औषधिको रकम तथा अस्पताल विकास समितिका कर्मचारीलाई तलब भुक्तानी गर्न समस्या उत्पन्न भएको गुनासो गर्नुभयो । उहाँले अस्पतालले बिरामीको उपचार सेवा प्रभावकारी रुपमा प्रदान गरिरहेको जनाउँँदै  दैनिक एक हजारदेखि एक हजार ५०० बिरामी अस्पताल आउने हुनाले तत्काल जनशक्ति थप गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो । 

सो अवसरमा विराटनगर उपमहानगरपालिका–१२ का स्वास्थ्य बीमा सेवाग्राही सर्मिष्ठा श्रेष्ठले बीमाबाट अस्पतालबाट सेवा लिन धेरै दुःख व्यहोर्नु परेको र विगतमा जस्तै अन्य अस्पतालबाट समेत सेवा उपलव्ध गराउने कार्यको  पहल गर्न मन्त्री खतिवडासमक्ष अनुरोध गर्नुभयो । रासस