काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३३५ जना नेताको कार्यविभाजन टुंगो लगाएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गत असोज ५–७ मा बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ गते बसेको स्थायी कमिटीको सातौं बैठकको निर्णय अनुसार नेताहरुको कार्यविभाजन टुंगो लगाइएको हो ।