एजेन्सी । आइसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत अहिले बंगलादेश र इंग्ल्यान्डबीचको खेल जारी छ ।
शेख जायद स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले इंग्ल्याण्डसामु १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बंगलादेशले २० ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो । बंगलादेशका लागि मुशफिकर रहिमले सर्वाधिक २९ रन जोडे । यस्तै कप्तान महमुदुल्लाहले २४ रनमा १९ रन जोड्दा नुरुल हसनले १८ बलमा १६ रन जोडे ।
यस्तै महेदी हसनले १० बलमा ११ रन जोडे भने नासुम अहमदले ९ बलमा १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
यता इंग्ल्यान्डका टिमाल मिल्सले ३ विकेट लिँदा मोइन अली र लियाम लिभिंस्टनले २–२ विकेट लिए भने क्रिश वोक्सले १ विकेट लिए ।