२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः इंग्ल्यान्डद्वारा बंगलादेश ८ विकेटले पराजित



अ+ अ-

एजेन्सी । आइसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । 

बुधबार साँझ भएको खेलमा बंगलादेशले दिएको १२५ रनको लक्ष्य इंग्ल्यान्डले १४.१  ओभरमा २  विकेटको क्षतिमा पूरा गर्यो । 

इंग्ल्यान्डका जेसन रोयले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन जोडेका हुन् । यस्तै जोस बटलरले १८ बलमा १८ रन जोड्दा डेभिड मलान २८ रनमा अविजित रहे भने जोनी बेयरेस्टो ८ रनमा अविजित रहे । बंगलादेशका शोरुफुल इश्लाम र नासुम अहमदले १–१ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले इंग्ल्याण्डसामु १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बंगलादेशले २० ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो । बंगलादेशका लागि मुशफिकर रहिमले सर्वाधिक २९ रन जोडे । यस्तै कप्तान महमुदुल्लाहले २४ रनमा १९ रन जोड्दा नुरुल हसनले १८ बलमा १६ रन जोडे । 

यस्तै महेदी हसनले १० बलमा ११ रन जोडे भने नासुम अहमदले ९ बलमा १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

यता इंग्ल्यान्डका टिमाल मिल्सले ३ विकेट लिँदा मोइन अली र लियाम लिभिंस्टनले २–२ विकेट लिए भने क्रिश वोक्सले १ विकेट लिए ।