२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व न्यायाधीश लम्सालको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको असामयिक निधन भएकामा सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ ।

 प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा सम्पूर्ण न्यायाधीशहरुको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश लम्सालको निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व लम्सालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै, शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।
 
सर्वोच्च अदालतका पूर्व न्यायाधीश लम्साल १९९७ साल वैशाख ९ गते काठमाडौँमा जन्मिनुभएको थियो । उहाँले २०१८ पुस २ गते न्याय सेवामा प्रवेश गर्नु भई २०४४ सालमा मध्यमाञ्चल क्षेत्रीय अदालतको अतिरिक्त न्यायाधीश हुँदै २०४९ असार १ गते पुनरावेदन अदालत नेपालगञ्जको मुख्य न्यायाधीश भएर काम गर्नुभएको थियो । उहाँले २०५४ साउन १७ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भई २०५५ चैत ५ गते स्थायी न्यायाधीशमा नियुक्ति भएर २०६२ वैशाख ८ गते उमेरहदका कारण अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियो ।

अदालतमा सेवारत् रहँदा लम्सालको स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न र न्याय तथा कानूनको क्षेत्रको विकासका लागि अतुलनीय योगदान रहेको र उहाँको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादी र मार्गदर्शक रहिरहने सर्वोच्च अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार पूर्व न्यायाधीश लम्सालको शोकमा शुक्रकुनै पनि सुनुवाइ हुने छैन । रासस