१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व न्यायाधीश लम्सालको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको असामयिक निधन भएकामा सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ ।

 प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा सम्पूर्ण न्यायाधीशहरुको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश लम्सालको निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व लम्सालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै, शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।
 
सर्वोच्च अदालतका पूर्व न्यायाधीश लम्साल १९९७ साल वैशाख ९ गते काठमाडौँमा जन्मिनुभएको थियो । उहाँले २०१८ पुस २ गते न्याय सेवामा प्रवेश गर्नु भई २०४४ सालमा मध्यमाञ्चल क्षेत्रीय अदालतको अतिरिक्त न्यायाधीश हुँदै २०४९ असार १ गते पुनरावेदन अदालत नेपालगञ्जको मुख्य न्यायाधीश भएर काम गर्नुभएको थियो । उहाँले २०५४ साउन १७ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भई २०५५ चैत ५ गते स्थायी न्यायाधीशमा नियुक्ति भएर २०६२ वैशाख ८ गते उमेरहदका कारण अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियो ।

अदालतमा सेवारत् रहँदा लम्सालको स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न र न्याय तथा कानूनको क्षेत्रको विकासका लागि अतुलनीय योगदान रहेको र उहाँको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादी र मार्गदर्शक रहिरहने सर्वोच्च अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार पूर्व न्यायाधीश लम्सालको शोकमा शुक्रकुनै पनि सुनुवाइ हुने छैन । रासस