१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् अधिवेशन अन्त्यको सिफारिस



अ+ अ-

काठमाडौ । सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिनुभयो । गत भदौ २३ देखि सुरु भएको संसद् अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लगातार अवरोध गर्दै आएको थियो ।