१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : पहाडी तथा हिमाली भू–भागमा वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । देशको पहाडी तथा हिमाली भू–भागमा आज आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । राति पनि उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।