तनहुँ। तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानी सहितको हेलिकप्टर लिएर दमौली प्रस्थान गर्नुभएको छ । दमौली बजारको भोर्लेटार चोकमा आगलागी भएको छ ।
भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो । आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रीक एयरको हेलिकप्टरमा पानी लिएर दमौली जानुभएको छ । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानी सहितको हेलिकप्टर व्यवस्था गर्नुभएको हो ।