२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकद्वारा आफ्नो कम्पनीको नाम परिवर्तन



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरेको छ । 

बिहीबार फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकका कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कम्पनीका नयाँ कर्पोरेट नाम परिवर्तन गरी ‘मेटा’ सार्वजनिक गरेका हुन् । 

कम्पनीलाई नयाँ नाम दिइएपनि यसअधिका कुनै संरचनामा भने परिवर्तन नहुने उनले सो समारोहमा बताए । साथै, यसअघि सञ्चालित एप्स र तिनका ब्रान्ड परिवर्तन नहुने समेत उनले जनाए । 

फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ । जसका लागि नयाँ नाम चाहिएको पनि उसले जनाएको छ । 

फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार कर्मचारी नियुक्तिको तयारी गरेको घोषणा गरेको थियो ।

फेसबुकले आफ्नो स्वामित्वमा  फेसबुकसँगै मेसेन्जर, ह्वाटस्एप, इन्स्टाग्रामलगायतलाई लिएको छ ।