काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लागु गरेको सबै प्रकारका स्वास्थ्य मापदण्ड खुला गरेसँगै काठमाडौं को रात्रिकालीन व्यवसाय पुनः सुरु भएको छ ।
काठमाडौँका रात्रिकालीन क्लब, रेष्टुरेन्ट, लाउन्ज तथा बारहरुमा मानिसहरुको भीड हुन थालेको छ ।
यसैक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा गएर मनोरञ्जन लिएका छन् । शुक्रबार राति १० बजेतिर उनी छोरी प्रेरणासहित पुगेका थिए । उनले त्यहाँ करिब सवा एक घण्टा समय बिताएका थिए ।
उनी त्यहाँ पुग्दा त्यहाँ सहभागी युवायुवतीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए । राजतन्त्रको पक्षमा नारा लाग्दा पूर्वराजा शाह मुसुमुसु हाँस्दै भिभिआइपी कक्षतर्फ गएका थिए ।
तस्बिर : त्रिसराको फेसबुक पेजबाट।