१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

राणाको नजरमा कल्याण विवेक नभएको, सुशीला अर्काको आँखाले हेर्ने व्यक्ति



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफू बिरुद्ध उभिएका दुई पूर्बप्रधानन्याधीश कल्याण श्रेष्ठ र सुशीला कार्की प्रति कटाक्ष गर्नुभएको छ । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि दिएको अन्तर्वार्तामा प्रधानन्यायाधीश राणाले पूर्बप्रधानन्याधीश कल्याण श्रेष्ठलाई  विवेक नभएको, व्यक्ति र अर्का  पूर्बप्रधानन्याधीशलाई सुशीला कार्की अर्काको आँखाले हेर्ने र अर्कोको कानले सुन्ने व्यक्तिको रुपमा मुल्याङ्कन गर्नुभएको छ ।

नरम भाषामा प्रधानन्यायधीशले राणााले उहाँहरु प्रति उच्च सम्मान पनि रहेको जनाउदै उहाँहरुको क्रियाकलाप प्रति चरम असन्तुष्टि जनाउनु भएको हो ।  उहाँले भन्नुभयो "उहाँहरु यो संस्थामा नेतृत्व गरिसकेको पदाधिकारीहरु हो । उहाँहरुले न्यायपालिकालाई कसरी भ्रष्टाचारजन्य देख्नुभयो, मलाई अचम्म लाग्छ । गरिवले न्याय पाउँदैन भनिरहनुभएको छ, त्यो त उहाँहरु कुर्सीबाट गएपछि देख्नुभएछ ।"

उहाँहरुको विचारमा यस्तो स्खलन आउँछ भन्ने कुरा मैले अनुमान गर्छु र  यो इतिहास र जनताले मूल्यांकन गर्ने विषय हो । हेर्नुस्, कल्याणजीलाई इतिहासकै कलंक भनेको तपाईंहरुकै पत्रपत्रिकाहरुले होइन र ? नेपाल बारले खेद प्रस्ताव पारित गरेको उहाँ नै होइन र ? उहाँहरु सम्मानित व्यक्ति हो । उहाँको ज्ञान विवेक र क्षमता कदर गर्नयोग्य छ । हिजोका ऋषीमुनीजस्तो कदर गरेको छु ।

उहाँको जुन अध्ययन छ, त्यस्तो अध्ययन न्यायक्षेत्रमा निकै कम व्यक्तिको मात्रै होला । तर पनि यति ज्ञान हुँदाहुँदै विवेक नभएको व्यक्ति कल्याण श्रेष्ठ नै हो ।

यस्तै अर्का पूर्बप्रधानन्यायाधीश  सुशीला कार्की प्रति उहाँको टिप्पणी थियो बिराटनगरमा म न्यायाधीश हुँदा उहाँ पुनरावेदन बारको अध्यक्ष हुनुहुन्थ्यो । मैले आफू न्यायाधीश र उहाँ कानून व्यवसायीको हिसावले हेरिनँ । उहाँ मर्यादित व्यक्ति नै हुनुहुन्थ्यो, मैले आदरणीय दिज्यू भनेर नै सम्बोधन गर्थें ।

सुशीलाजीहरुले जीवनमा कहिलेपनि कुनै न्यायाधीशलाई विदाइ गर्नुभएको थिएन । उहाँले आफ्नो खर्चमा बरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलाको घरमा मलाई विदाइ गर्नुभयो । सर्वोच्च अदालतमा आइसकेपछि उहाँले आफ्नो आँखाले हेर्नुपर्ने थियो, कानले सुन्नुपर्ने थियो, त्यो गर्नुभएन । अर्काको आँखाबाट हेर्नुभयो, अर्काको कानबाट सुनेर मेरो मूल्यांकन गर्नुभयो । त्यही बमोजिमको आदेश गर्नुभयो, तपाईंले देखिरहनुभएको छ । उहाँले इजलासमा बसेर आदेश गर्नुभयो । मैले त्यसका विरुद्धमा कहिल्यै बोलेको तपाईंलाई थाहा छ ? त्यो आदेशलाई मैले सधैं सम्मान गरेँ । म न्यायाधीश हुँ, मेरो दायित्व र कर्तव्य कानून बमोजिम छ । कहिले पनि मैले उहाँलाई अनादर र विरोध गरिनँ ।

प्रधान न्यायाधिशमा चोलेन्द्र शमशेर राणा नियुक्त भएदेखी नै उहाँहरु बीचको सम्बन्ध समधुर बन्न सकेन । श्रेष्ठ र कार्की सहित अन्यदुई पूर्बप्रधानन्याधीश अनुपराज शर्मा र मीनबहादुर रायमाझीले  राणा बिरुद्धको मोर्चाबन्दीमा कस्सिएर लाग्नु भएको छ । झनै अदालतको अबहेलनमा उहाँहरु बिरुद्ध मुद्दा दायर भै अदालतमा जबाफका लागि उपस्थित हुनु परेपछि उहाँहरु एक अर्का बिरुद्ध निकै कठोर रुपमा प्रस्तुत हुनु भएको थियो । अन्य केही पूर्बप्रधानन्यायधीश र न्यायधीसहरुले राणाको आलोचना गरेका छन् तर राणाले श्रेष्ठ र कार्की व्यबहार प्रति निकै असन्तुष्टि जनाउनु भयो ।