१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः आज दुई खेल हुँदै



अ+ अ-

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (शुक्रबार) दुई खेलहरु हुँदैछन् ।

सारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । 

यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दुबै टिम आज पहिलो जितको खोजीमा हुनेछन् । दुबै टोली अघिल्ला दुई खेलमा पराजित भएका थिए ।

समूह १ मा रहेको वेस्ट इन्डिज अंक विहीन रहदै पुछारमा रहेको छ । बंगलादेश पाँचौं स्थानमा रहेको छ ।

आजै दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । पाकिस्तान र अफगानिस्तानबीचको खेल राति ७स्४५ बजे सुरु हुनेछ ।

पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ भने अफगानिस्तान दोस्रो जितको खोजीमा हुनेछ । 

पाकिस्तान २ खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा रहेको छ । यस्तै अफगानिस्तान १ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।