१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा महाभारतको लडाइँ हुँदैछ, कौरव कि पाण्डवलाई जिताउने फैसला जनताले गर्छन्ः प्रचण्ड



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका जनताले फेरि आफूलाई नै जिताएर पठाउने दाबी गरेका छन् ।

शुक्रबार बिहान भरतपुरमा चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कतिपयले प्रचण्ड अब डराएर चुनाव लड्न अरु नै जिल्ला र निर्वाचन क्षेत्रमा जाने भनेर गरेको प्रचारमा सत्यता नभएको बताएका हुन् । 

चितवनमा अब महाभारतको लडाइँ हुने भन्दै जित कौरव कि पाण्डवको भन्ने फैसला जनताले गर्ने उनले बताए ।

प्रचण्डले भने, ‘चितवनमा फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ । तर यसपटकको लडाइँ हिंसात्मक हुँदैन, राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने मन छ।’

अध्यक्ष प्रचण्डले आफूले आगामी निर्वाचन चितवनबाटै लड्ने प्रस्ट पारे। एमालेले बुटवलमा गर्न लागेको महाधिवेशन चितवनमा सारेको विषयलाई चुनवासँग जोड्दै प्रचण्डले आफूलाई हराउने उद्देश्यले एमालेले महाधिवेशनस्थल सारेपनि त्यसबाट कुनै फरक नपर्ने उनको भनाई छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र चितवनलाई ताकेर नै महाधिवेशन गर्न लागेको उनको आरोप छ ।