२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमेयर महिला फुटबलः पोखरा बाहिरियो



अ+ अ-

काठमाडौं । विरेन्द्रनगर नगरपालिकासँग ४–१ गोल अन्तरले पराजित भएसँगै पोखरा उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट बाहिरिएको छ । 

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा विरेन्द्रनगर नगरपालिकासँग पराजित भएसँगै जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो । उता जित निकालेको विरेन्द्र नगरले जारी प्रतियोगितामा सखुद सुरुआत गरेको छ ।

सुरुआतबाट नै दबाब दिएर खेलेको विरेन्द्रनगरले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै ४–१ को जित निश्चित गरेको थियो । विररेन्द्रनगरको जितमा सुमित्रा योन्जनले दुई गोल गरिन । समित्राले ३७औं र ७२औं मिनेटमा गोल गरेकी थिइन् । यस्तै कप्तान सम्झना शर्माले ३१औं मिनेटमा गोलको खाता खोल्दा सुस्मिता तामाङले खेल सकिन दुई मिनेट बाँकी रहँदा चौथो गोल गर्दै टोलीको जित निश्चित बनाएकी थिइन् । पोखराकी झरना चाम्लिङ राईले ३८औं मिनेटमा गरेको गोल पोखराका लागि सान्तोवना गोल बनेको थियो ।

जितसँगै वीरेन्द्रनगरले पहिलो खेलबाट ३ अंक जोडेको छ । जितले विरेन्द्रनगरलाई नकआउट चरणमा पुग्ने आशा बलियो भएको छ । लगातार दोस्रो हार ब्यहोरेको पोखरा भने बाहिरिएको हो ।

प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा तुलसीपुर नगरपालिकाले हेटौडा उपमहानगरपालिकामाथि २–० को रोमाञ्चक जित निकाल्दै जारी प्रतियोगितामा सुखद सुरुआत गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए । पहिलो हाफ भन्दा दोस्रो हाफमा फरक रणनीतिका साथ खेलेको तुलसीपुरले दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै छनोट प्रतियोगितामा सुखद सुरुआत गरेको हो । तुलसीपुरको जितमा ममता पुन मगर ७७औ र मेनुका आले मगरले ७९औं मिनेट समान एक÷एक गोल गर्दा जित सुनिश्चत भएको थियो ।

जितसँगै समूह एफको तुलसीपुरले ३ अंक जोडेको छ । यता हेटौडाले भने लगातार दोस्रो खेलमा नतिजा सुम्पिएर प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा भोली दुई खेल हुनेछन् । पहिलो खेल बेदकोट नगरपालिका र गौरीगंगा नगरपालिका, दोस्रो खेल सुनकोसी र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।