१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः वेष्ट इन्डिजद्वारा बंगलादेश ३ रनले पराजित



अ+ अ-

काठमाडौंः आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा वेष्ट इन्डिजले  बंगलादेशलाई तीन रनले पराजित गरेको छ ।

जितका लागि वेस्ट इन्डिजले १४३ रनको लक्ष्य दिए पनि बंगलादेशले २० ओभरमा १३९ रन मात्र बनाएको थियो । बंगलादेशले राम्रो खेलिरहे पनि अन्तिम समयमा आवश्यक रन बनाउन चुकेको थियो ।

बंगलादेशका लागि लिटोन दासले सर्वाधिक ४० तथा कप्तान महमुदुल्लाहले नटआउट ३१ रन बनाएका थिए ।  

यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभमा ७ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । वेष्ट इन्डिजका निकोलास पुरनले २२ बलमा ४० रनको योगदान दिए । उनले १ चौका र ४ छक्का प्रहार गरे ।

रोस्टन चेजले ४६ बलमा ३९ रन जोडे भने जेसन होल्डरले ५ बलमा १५ रन जोडे ।

यस्तै कायरन पोलार्ड १८ बलमा १४ रन बनाउँदै पेभिलियन फर्किए भने एन्ड्रे रसेल शून्य रनमा आउट हुन पुगे । बंगलादेशका  महेदी हसन, मुस्ताफिजुर रहमान र सोरीफुल इस्लामले २–२ विकेट लिए ।

यो जितसँगै वेस्ट इन्डिजले पहिलो जित निकाल्दै २ अंक जोडेको छ भने तीन खेल खेलेको बंगलादेशले कुनै पनि खेल जित्न सकेको छैनन् । एजेन्सी

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका स्कटल्यान्ड
बंगलादेश नामिबिया