२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको मूल्य बढ्यो, पेट्रोल अब १३३ प्रति लिटर



अ+ अ-

काठमाडौंः सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । त्यसैगरी डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर रु ३ ले बढेर रु ११६ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु ९६ पुगेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार  आज रातिदेखि लागू हुनेगरी मुल्य वृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० वृद्धि गरी एक  हजार ५००  कायम गरिने भएको छ । पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा रु दुई अर्ब २२ करोड घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।