१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

के कोभिड–१९ को खोप बालबालिकाका लागि सुरक्षित छ ?



अ+ अ-

एजेन्सी । लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। 

विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ। यसै सन्दर्भमा लौरान निर्गाडको एक सर्वेक्षणले बताएअनुसार १२ देखि १७ वर्षका लाखौं बालबालिकाले अमेरिकामा सुरक्षित रूपमा फाइजर खोप लगाएपछि हाल अमेरिकीहरू यसको प्रभावकारिता बारे थप अनुसन्धान गरिरहेका छन् ।

ती मध्ये ५ देखि११ वर्षका बालबालिका र वयस्कहरूलाई दिइने खुराकको एक तिहाइ मात्रा दिइने गरेको छ। खाद्य र औषधि प्रशासनले शुक्रबार बच्चाहरूलाई अनुकूल हुने प्रकारको डोज तयार पारेर रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई सिफारिस गरेको छ।  

यो खोपको बालबालिकामा पर्ने साइड इफेक्टका बारेमा अध्ययन भइरहेका बेला एमोरी विश्वविद्यालयका बाल हृदय रोग विशेषज्ञ डा म्याथ्यू ओस्टरले खोपपछि कहिलेकाहीँ बच्चाहरूमा पनि विभिन्न खालका असरहरू देखिन सक्ने हुन्छ जसलाई कोरोनाभाइरस संक्रमणपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भनिन्छ भनेर औल्याएका छन्। 

केही बालबालिका र वयस्यहरूमा मुटु सुन्निने लगायतका गम्भीर साइड इफेक्ट देखिने गरेको पनि उनले बताएका छन् ।  तर खोपले काम गर्न थालेपछि यस्ता सामान्य समस्या आफै निको हुने पनि विज्ञले बताएका छन् ।