२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना छैनः प्रचण्ड



अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताउनु भएको छ । 

अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको पनि स्पष्ट पार्नु भयो । शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताउनु भयो । अध्यक्ष दाहालले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दावी गर्नु भयो । उहाँले भन्नु भयो, ‘गठबन्धन ठिक ढंगले अगाडि बढदैछ । तपाईँहरुले पनि देखि राख्नु भएको छ । अव सरकारले पूर्णता पाईसकेपछि कामहरुले पनि विस्तारै गति लिन थाल्दैछ । काठमाडौंमा अहिले नेताहरु कोहि कता, कोही कता भएको हुनाले हामीले बैठक बस्न १÷२ दिन ढिला भएको छ । बैठक बस्ने वित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं । यसलाई समाधान गर्ने दृष्टिकोणले नै हामी हल गर्छौं । गठबन्धन स्मुथ्ली चलिराख्या छ । कुनै विवाद राजनीतिक वा अन्य विवाद आएको छैन ।’

अध्यक्ष दाहालले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताउनु भयो । हाम्रो संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उहाँको तर्क थियो । अध्यक्ष दाहालले भन्नु भयो, ‘अर्ली इलेक्सन हुँदैन । बडो क्लियर हुनुहोला । अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन । दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली ईलेक्सन हुँदैन । कोही कन्फ्युज हुनु पर्दैन ।’

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने सैद्धान्तिक सहमती भईसकेको जानकारी दिनु भयो । उहाँले अध्यादेश ल्याएर भएपनि नागरिकता विधेयक अगाढि बढाउन आफूहरु तयार रहेको बताउनु भयो ।