२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई ओलीको काउन्टरः बालुवाटारमा आफ्नै घरबाट भाँडाकुँडा लगेको थिएँ, के को किन्नु ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेको आफ्नो कार्यकालमा बालुवाटारमा करोडौंको बिलासिताका सामान खरिद गरेको आरोपलाई काउन्टर जवाफ फर्काएका छन् । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार चितवनमा आयोजित कार्यक्रममा ओली प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद गरेको आरोप लगाएपछि अध्यक्ष ओलीले त्यसको जवाफ दिएका हुन् । 

शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उक्त आरोप विरोधीहरुले लगाएको आरोप मात्र भएको बताए ।

ओलीले प्रचण्डलाई इंगित गर्दै भने, ‘चितवन गएर ‘प्रचण्डले के भनेछन् भने मलाई डेढ लाखको खाटमा सुत्यो भनेर उडाउँथे । केपी ओलीले करोडौंको किनेका रहेछन्, मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’

एउटा रोटी र दुई गाँस भात खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने ओलीको टीप्पणी छ ।