एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । शनिबार साँझ भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा २-० गोल अन्तरले पराजित गरेको हो ।
किंग पावर स्टेडियममा आर्सनललाई जित दिलाउन खेलको ५ औ. मिनेटमा गाब्रियलले तथा १८ औं मिनेटमा स्मिथ रोएले गोल गरे ।
जितसँगै आर्सनल तालिकाको ५ औं स्थानमा उक्लिएको छ । आर्सनलले १० खेलबाट १७ अंक जोडेको छ । लेस्टर भने १४ अंकसहित १० औं स्थानमा छ ।