१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी जाँदै



अ+ अ-

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुन आज लुम्बिनी जानु हुने भएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल बज्रयान महाबिहारको नेपाल मण्डल व्दार अवलोकन  कार्यक्रममा सरिक हुनुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैगरी लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रस्तुतीकरण  कार्यक्रममा राष्ट्रपति भण्डारी सरिक हुनु हुनेछ ।

राष्ट्रपति भण्डारीले नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा राखिएको बुद्धमूर्तिको अनावरण गर्ने कार्यक्रम रहेको छ ।  राष्ट्रपति भण्डारी आजै काठमाडौ फर्कनु हुनेछ ।

आन्तरिक पर्यटनलाई प्रबर्धनका लागि राष्ट्रपति भण्डारीले हिजो शनिबार मुस्ताङस्थित मुक्तिनाथ मन्दिर र  ढोरपाटन शिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गर्नु भएको थियो ।