१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा बस दुर्घटना, १० घाइते



अ+ अ-

 

डडेल्धुराः दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस  सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ ।

 घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ । घाइते हुनेमा बैतडी, डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी,  ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेका प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ ।