२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपदबाट कार्तिक महिनामा १२१ को मृत्यु, २८ बेपत्ता



अ+ अ-

काठमाडौं: यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् ।

कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो । मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो ।

वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो । ठूला–ठूला पहिराले मानवीय क्षति बढी गराएको हो ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए ।

कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

हराइरहेका खोजी जारी रहेको र राहत तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ ।