२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएमबी बैंक, महुली लघुबित्त र मुक्तिनाथ विकास बैंकको बोनस घोषणा



अ+ अ-

काठमाडौंः एनएमबी बैंक लिमिटेडले सेयरधनीका लागि आर्थिक वर्ष २०७७(७८ को लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीका लागि १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको ४२७औं बोर्ड बैठकबाट प्रस्तावित लाभांशमध्ये १२.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि समेत ३.३ प्रतिशत नगद लाभांश सेयरधनीलाई उपलब्ध गराइने छ ।

उक्त लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि मात्र प्रदान गरिने छ । हाल बैंकको सेयर प्रतिकित्ता रु. ४१३ मा कारोबार भइरहेको छ ।

यसैगरी, महुली लघुबित्त वित्तीय संस्था लिमिटेडले पनि बोनस सेयर घोषणा गरेको छ । संस्थाको बोर्ड बैठकले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर दिनेछ । यस संस्थाको सेयर प्रतिकित्ता २ हजारको हाराहारीमा रहेको छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले पनि आर्थिक वर्ष २०७७(७८ को आम्दानीबाट १८.५ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ । उक्त लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि मात्र प्रदान गरिने बैंकले जनाएको छ ।