काठमाडौंः एनएमबी बैंक लिमिटेडले सेयरधनीका लागि आर्थिक वर्ष २०७७(७८ को लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीका लागि १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको ४२७औं बोर्ड बैठकबाट प्रस्तावित लाभांशमध्ये १२.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि समेत ३.३ प्रतिशत नगद लाभांश सेयरधनीलाई उपलब्ध गराइने छ ।
उक्त लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि मात्र प्रदान गरिने छ । हाल बैंकको सेयर प्रतिकित्ता रु. ४१३ मा कारोबार भइरहेको छ ।
यसैगरी, महुली लघुबित्त वित्तीय संस्था लिमिटेडले पनि बोनस सेयर घोषणा गरेको छ । संस्थाको बोर्ड बैठकले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर दिनेछ । यस संस्थाको सेयर प्रतिकित्ता २ हजारको हाराहारीमा रहेको छ ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले पनि आर्थिक वर्ष २०७७(७८ को आम्दानीबाट १८.५ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ । उक्त लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि मात्र प्रदान गरिने बैंकले जनाएको छ ।